कञ्चनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ मा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
कञ्चनपुर प्रहरीका अनुसार साेही ठाउँ वेलकुण्डीबाट बन्दुकसहित ४४ वर्षीय मोहन रानालाई पक्राउ गरिएकाे हाे ।
रानालाई बिहिवार साँझ घरबाटै इलाका प्रहरी, झलारीको टोलीले पक्राउ गरेको जनाएकाे छ ।
घरमा लुकाएको बन्दुकसहित रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











