कैलाली / कैलालीको गोदावरी नगरपालिका-१ जिपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
अत्तरिया पद्म अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपले ठक्कर दिँदा मृत्यु हुनेमा साेही ठाउँका ७० वर्षिय बासुदेव खरेल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बुधबार साँझ जेब्रा–क्रसिङग गरिरहेकाे बेला उनलाई जिपले ठक्कर दिएकाे हाे । ठक्करबाट गम्भिर घाईते भएका उनको पद्म अस्पताल अत्तरिया सामान्य उपचार पश्चात् सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीकाे भनाइ छ ।











