बाजुरा-बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका-३ भामगाड स्थित कर्णाली नदीमा एक जना मृत फेला परेका छन् ।
सोमवार दिउँसो मृत फेला पर्नेमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीकाे भनाइ छ











