बाजुराः बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ मा
एक होटलमा आगलागी भएको छ।
साेमबार राती साेही ठाउँ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उक्त आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको बाजुरा प्रहरीकाे भनाइ छ ।











