युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले देखिने गरी विज्ञ सल्लाहकारको टीम बनाएका छैनन् । संविधानको १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा नेपाली कांग्रेसका शाह २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनले एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यो अवधि राजनीतिक एवं प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सुखद् रहेको दाबी गरेका छन्  । विकास बजेट खर्चको दयनीय अवस्था र आमजनताको असन्तुष्टिको ग्राफ उकालो लागेकोमा उनी गम्भीर देखिन्छन् ।

मुख्यतः नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीसहितको दल सत्ता सारथि रहँदै आएकोमा संघमा राजनीतिक गठबन्धन बदलिएसँगै परिस्थिति बदलिएको छ । उनको पद धरापमा परेको छ ।

नेपाल विद्यार्थी संघ हुँदै नेपाल तरुण दलबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका शाह २०५३ सालदेखि कांग्रेसको महाधिवेशन र महासमिति सदस्य रही आएका छन् । अहिले केन्द्रीय सदस्य छन् ।

प्रदेश सरकारको नेतृत्वमा गरिरहँदा उनी सानो तर अस्पष्ट कोर टीममा रमाएको पाइन्छ । शाह बढी प्रशासनिक संरचना र सत्ता साझेदार दललाई नै रिझाएर काम गर्छन् ।

३ जना धिरेन्द्र शाही, रामबहादुर विष्ट र चन्द्र विश्वकर्मा स्वकीय सचिव छन् भने निजी सचिवालयमा सातौँ तहका नारायण प्रसाद शर्मा, चौथो तहका गोकुल देवकोटा र पाँचौँ तहका दिपु चौधरी रहेका छन् ।

समन्वयकारी भूमिकामा कांग्रेस कैलाली सचिव निर्प सुनार  छन् । सुनारले बिना सेवा–सुविधा मुख्यमन्त्रीलाई सघाइरहेको रातोपाटीलाई बताए ।

मुख्यमन्त्री शाह कर्मचारी खटनपटनमा पनि निपुण मानिन्छन् । गत असोजमा ऊर्जा मन्त्रालयका पूर्व सचिव अनुप कुमार उपाध्यायलाई सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष बनाएपछि उनीसँग पनि परामर्श लिन्छन् ।

यद्यपि मुख्यमन्त्रीले छुट्टै विज्ञ सल्लाहकारको टीम नबनाएको उनी निकटस्थहरुले बताए ।राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय