युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, । बाजुरामा उत्पादित नेपाली हाते कागजले मूल्य नपाउँदा उद्यमी मर्कामा परेका छन् । जिल्लाको खप्तडछेडेदह, बडीमालिका र त्रिवेणीलगायत विभिन्न स्थानीय तहमा अहिले नेपाली हातेकागज उत्पादन हुन्छ ।

त्रिवेणी नगरपालिका–७ का धना थापाका अनुसार सेतो बडुको बोटको लोक्ताबाट उत्पादित नेपाली कागजले पाउनुपर्ने मूल्य नपाउँदा यहाँका उद्यमी मर्कामा परेका हुन् । बाजुराका विभिन्न ठाउँबाट शुद्ध बडुको लोक्ताबाट उत्पादन हुने नेपाली हातेकागजले भने जस्तो मूल्य पाएको छैन । उहाँले भन्नुभयो, “हाम्रो यताको कागज सेतो बडुबाट उत्पादन गर्ने भएकाले त्यो बलियो टिकाउ हुन्छ । उता सहर बजारमा उत्पादन हुने नेपाली कागज प्रायः बाबियो र केराबाट उत्पादन गर्दछन् ।”

उहाँले त्यो कागज सस्तो मूल्यमा बिक्री हुने भएपछि स्थानीय नेपाली हातेकागजले मूल्य नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मसँग दुई सय फ्रेम छन् । एक पटक दुई सय पिस (ताउ) निकाल्छु । दिनमा तीन पटक गरेर एक दिनमा झन्डै छ सय ताउ उत्पादन हुन्छ ।” उहाँले उत्पादन गर्ने कागज सय ग्रामको ३२ देखि ३३ सय र ४० ग्रामको छ हजार पाँच सय रुपियाँसम्म पर्छ । उता सहरमा उत्पादन गरेको नेपाली हातेकागज ४० ग्रामको चार हजार पाँच सय रुपियाँमा बिक्री हुने गरेको बताइन्छ । अहिले बाजुरामा झन्डै छभन्दा बढी नेपाली हातेकागज उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगले यहाँका हजारौँ बेरोजगार युवालाई गाउँमै रोजगार दिने गरे पनि पछिल्लो समय ती उद्योग सञ्चालन गर्न उद्यमीलाई निकै सहज भएको छ ।

एक व्यक्तिको आयस्रोतबाट धान्न कठिन भएका यी उद्योग स्थानीय प्रदेश तथा सङ्घीय सरकारसँग आर्थिक सहयोगको अपेक्षामा छन् । उद्योग सञ्चालनका लागि आर्थिक सहयोग मिलेमा उद्योगबाट नै गाउँका बेरोजगार युवालाई घरमै काम दिन सकिने उद्योग सञ्चालक बताउँछन् । २०६१ असोज ६ गते त्रिवेणी नगरपालिका–७ को खिरपाटामा सञ्चालित प्रतिभा नेपाली हातेकागज उद्योगबाट तोली, कैलाशमाण्डौ र छतारालगायतका झन्डै पाँच सय जनाले रोजगारी पाएका छन् । नेपाली कागजले मूल्य नपाउँदा अहिले उद्यमीलाई उद्योग सञ्चालन गर्न निकै समस्या छ । त्रिवेणी नगरपालिकामा अहिले तीन वटा नेपाली हातेकागज उद्योग सञ्चालमा आएका छन् । ती उद्योग व्यवस्थापनका लागि गत वर्ष पाँच लाख रुपियाँ छुट्याएको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले बताउनुभयो । गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय