सिलगढी, डोटी
सम विकास केन्द्र (ईडिसि) नेपाल डोटीले आफ्नो २७ औँ स्थापना दिवस तथा ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रक्तदान तथा फलफूल वितरण गरेकाे छ ।
आज (शुक्रबार) जिल्ला अस्पतालमा डाेटीमा गई रगतदान तथा २३ जना विरामीहरुलाई अस्पतालकाे सहकार्यमा फलफुल वितरण गरेकाे हाे ।
दिवसकाे अवसरमा रक्तदान संस्थाका वित्त तथा प्रशासन प्रमुख कृष्ण सुन्दर श्रेष्ठ, कार्यक्रम अधिकृत रमा भण्डारी र अधिकृत विज्ञान देवल गरी तीन जनाले रक्तदान गरेका हुन् ।
“समतामुलक समाज को निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ २०५३ सालमा स्थापना भएकाे इडिसि डाेटीले सुशान, महिला तथा दलित अधिकार, दिगो जिविकोपार्जन र जलवायु न्याय जस्ता विभिन्न सवालमा विगत २७ वर्षदेखि जिल्लाका क्रियाशील रहि काम गर्दै संस्थाले जानकारी दिएकाे छ ।
तत्कालीन समयमा फागुन २६ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई कार्य संचालन गरिरहेको यस स्थापना दिवशको पुर्वसन्ध्यामा विभिन्न कार्यक्रमकाे आयाेजना गरिरहेकाे छ ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, संस्थाका सदस्य, पदाधिकारी तथा कर्मचारी र अस्पतालका स्वास्थ्यकर्मी लगायतकाे सहभागीता रहेको थियो ।











