डाेटी / गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्न भनी डाेटीकाे बोगटान फुड्सिल गाउँपालिकाले पाँच वर्षे रोजगार रणनीति निर्माण गर्न लागेको छ ।
बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले जिल्लाका नाैँ वटै स्थानीयतहकाे हकमा पहिलाे पटक रोजगार रणनीति निर्माण गर्न लागेकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।
गाउँपालिकाकाअनुसार पालिकाले नीति निर्माण गर्नुपूर्व सराेकारवाला व्यक्तिसँग छलफल गरिसकेको छ । रणनीतिलाई कार्यपालिकाले स्वीकृत गर्न बाँकी रहेकाे जानकारी दिएकाे छ।
बाेगटान फुड्सिल गाउँपालिकामा कुल १५ हजार पाँच सय ४०
जनसङ्ख्या मध्ये ६ सय २ पूर्ण बेरोजगार रहेकाे तथ्यांकमा उल्लेख छ ।
त्यस्तै १ हजार १ सय १८ जना भारत तथा तेस्रो मुलुकमा गएर श्रम गरिरहेका छन् ।











