मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा गएराती आएकाे असिना पानीले हिउँदे खेतीपाती तहसनहस पारेकाे छ ।
दिउँदमा खडेरीकाे चपेटामा परेकाे खेतीपाती केही दिन पहिले परेकाे पानीले जाेगिएकाे भएपनि गएरातीकाे भिषण असिना पानीले खेतीपाती तहसनहस गरेकाे किसानहरूले बताएका छन् । भिषण असिना पानीले खेतीपातीमा क्षति पुर्याएसँगै किसानहरू चिन्तामा डुबेका छन् ।
आइतबार राती आएकाे हावाहुरी, चट्याङसहितकाे असिना पानीले गहुँ,जाै, ताेरी, तरकारी खेतीमा क्षति पुर्याएकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का किसान गाेरख बहादुर ठकुल्लाले बताउनु भयाे । उहाँले भन्नुभयो, “हिउँद भरी गरेकाे मेहनत खेर गयाे, बिउ भाग सबै असिनाले लिइसकेको छ ।”
त्यस्तै जिल्लाकाे जाेरायल गाउँपालिकामा पनि हिजो दिउँसाे र गएरातीकाे असिना पानीले हिउँदे खेति तरकारी, फलफुलका फुल्दै गरेका मुना लगायत गहुँ बालिमा ठूलाे क्षति पुर्याएकाे वडा नम्बर २ का किसान देवराज भट्टले बताउनु भयएकाे छ । ” उहाँकाअनुसार ” जाेरायलकाे माथिल्लो भेगमा भिषण असिना पानी पर्दा किसानलाई पिरलाे परेकाे छ ।”
जिल्लाकाे बाेगटान फूड्सिल गाउँपालिकामा पनि आइतबार राती असिना पानी परेकाे स्थानीयले बताएका छन् । यसरी दिउँदे खेतीपातीमा असिनापानीले ठूलाे असर पुर्याउदा किसानहरू थप चिन्तामा डुबेका छन् ।
जिल्लाकाे शिखर नगरपालिका, बडीकेदार, सायल, आदर्श गाउँपालिकाका केही स्थानमा पनि असिना पानी परेकाे स्थानीयले बताएका छन् ।
त्यस्तै सनिवारदेखिकाे माैसमा आएकाे परिवर्तनका कारण भुस्वर्गकाे उपनामले चिनिने खप्तड क्षेत्रमा तेस्राे पटक हिमपात भएकाे निकुञ्जले जानकारी दिएकाे छ ।
सायलमा चट्याङ पर्दा किसानकाे गाेरू मर्याे
डाेटीकाे सायल गाउँपालिका ६ राैकल्लामा गएराती चट्याङ लागेर किसानकाे एक गाेरू मरेकाे छ । उक्त क्षेत्रमा चट्याङ पर्दा मानवीय क्षति नभएकाे र विद्युतका तार सर्ट हुँदा गाेरूसहित विद्युत मिटर सबै जलेर नष्ट भएकाे स्थानीय भरत साउदले बताएका छन् ।











