युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । सुदूरपश्चिमका दुग्ध उत्पादक किसानहरूले सडकमा दुध पोखेर प्रदर्शनमा उत्रिएका छन् ।

लामो समयसम्म दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै यहाँका किसानहरुले बिहिवार कैलालीको अत्तरियामा दुध पोख्दै प्रदर्शन गरेका हुन् ।

कैलाली, कञ्चनपुर र डडेल्धुराका दुग्ध उत्पादन गर्ने किसानले असोज १६ देखि दूधको भुक्तानी पाउन बाँकी छ ।

दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड बढीको भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफूहरूले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको गुनासो समेत गरेका छन् । उत्पादित दूध सबै बिक्री नहुने र थोरै बिक्री भएको दूधको समेत समयमा दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको दुखेसो सुनाएका छन् ।

गोदावरीका किसान मोहनराज जोशीले भने,‘दुग्ध विकास संस्थानको कारण दूध बिक्री हुन छोडेको छ । एक लाखमा खरिद गरेको भैँसी ५० हजारमा बिक्री गर्न खोज्दा पनि बिक्री नहुने समस्या छ । दुग्ध विकास संस्थानले दूधको मूल्य पनि कम दिन्छ भने भुक्तानी पनि ६ महिनादेखि दिएको छैन ।’

त्यस्तै, नायल कृषि सहकारीका सदस्य पदमराज गिरीले पनि दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा किसानलाई समस्या भएको बताए ।

उनले आफ्नो सहकारीमा २९५ जना किसान आबद्ध रहेको र किसानहरूले उत्पादन गरेको दूधको मूल्य नपाएको बताए ।

अखिल नेपाल किसान महासङ्घका प्रदेश अध्यक्ष मदनराज रेग्मीले दुग्ध विकास संस्थानले किसानको उत्पादित दूध नकिन्ने र थोरै खरिद गरेको दूधको पनि भुक्तानी ६/६ महिनासम्म भुक्तानी नदिनु गलत भएको भन्दै प्रदर्शन गर्नुपरेको बताए ।

सकसमा संस्थान

दुग्ध विकास संस्थानले गत चैतदेखि दूधको मूल्यमा भएको वृद्धिले पनि भुक्तानीमा समस्या भएको जनाएको छ । निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा घाटामा समेत गएको बताइएको छ ।

दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले विगतमा किसानलाई महिनामा दुई पटक दूधको भुक्तानी दिने गरेको भए पनि असोज १६ देखि बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नभएकाले किसानलाई भुक्तानी दिन नसकेको बताए । उनले हिउँदमा खपत घटेका कारण भुक्तानी दिन समस्या भएको बताए ।

शाखा प्रमुख लेखकले भने, ‘हामीले महिनाको दुई पटक भुक्तानी गर्दै आएका थियौँ । १–१५ गतेसम्मको २३÷२४ गते र १६ देखि मसान्तसम्मको अर्को महिनाको ७/८ गतेसम्म किसानलाई भुक्तानी गर्ने व्यवस्था हो । तर कोरोनाको महामारीदेखि हाम्रो उत्पादनको खपत घट्न पुग्यो भने दूधको मूल्य वृद्धि भयो । हाम्रो उत्पादनको लागत बढी पर्न जाँदा निजी डेरीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा पनि आम्दानी बढ्न सकेन र किसानको भुक्तानी अहिलेसम्म रोकिन गएको हो ।’

दूधको मूल्य बढ्दा बजारमा डिडिसीको दूधको मूल्य ९० रुपैयाँ पुग्यो भने निजी डेरीले ८० रुपैयाँ प्रति लिटर दूध बिक्री गर्दा संस्थानको उत्पादन बिक्रीमा गिरावट आएको बताइएको छ ।
राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय