बाजुराः बाजुराकाे जगन्नाथ गाउँपालिका-६ मा घरकाे जग खन्ने क्रममा माटोको ढिस्काेले पुरीएर एक जनाकाे मृत्यु भएकाे छ ।
बधवार दिउँसो मृत्यु हुनेमा कालिकोट जिल्लाको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्काेले पुरिएर बिरेन्द्रकाे घटनास्थलमै मृत्यु भएको हाे ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।











