धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-३ भन्सारबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरिएको छ ।
बुधवार दिउँसो पक्राउ पर्नेमा धनगढी-१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जाेशीलाई ४० मिलिग्राम लागूऔषध खैरोहेरोईनसहित प्रहरीले पक्राउ गरेकाे जनाएको छ ।
उनलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकाे हाे । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











