डाेटी / डोटीकाे शिखर नगरपालिका १० स्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधवार बिहान करिब ११ बजेकाे समयमा टिपरले ठक्कर दिँदा घाइते हुनेमा आदर्श गाउँपालिका–४ का अन्दाजी ३०/३२ वर्षीय कृष्ण बहादुर विष्ट रहेका छन् ।
घाइते मोटरसाइकल चालक विष्टको टाउकोमा चोट लागेको डाेटी प्रहरीले जनाएको छ । घाइतेकाे अवस्था सामान्य रहेकाे र उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको से १ प ६४५ नम्बरको टिपरले विपरीत दिसातर्फ गइरहेको सु.प.प्र ०१०११ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।
टिपर चालक डडेल्धुराको आलिताल गाउँपालिका–५ का ४० वर्षीय राम बहादुर धामी हुन् ।











