युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गराउने निर्णय गरेसँगै राजनीतिक माहोल तात्न थालेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र–२ र प्रदेशसभा सदस्यका लागि बझाङ–१ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।

बझाङ–१ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

आयोगको निर्णयसँगै सुदूरपश्चिममा राजनीतिक दलहरु उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवारको पहिचानसँगै चुनावी रणनीतिक योजनामा राजनीतिक दलहरु जुट्न थालेका हुन् ।

२०७४ को विरासत फर्काउने दाउमा एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपनिर्वाचनलाई आफ्नो गुमेको विरासत फर्काउने अवसरको रुपमा लिएको छ । २०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट माओवादीसँग चुनावी तालमेलपछि एमालेका अर्जुन बहादुर थापा निर्वाचित भएका थिए ।
उपनिर्वाचनलाई लक्षित गर्दै एमालेले आफ्नो जिल्ला अधिवेशनलाई नै पछाडि सारेको छ । यसअघि प्रतिकूल मौसमका कारण जिल्ला अधिवेशन पछाडि सारेको एमालेले उपनिर्वाचनका कारण अझै पछाडि धकेल्ने निधोमा पुगेको हो ।

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले उपनिर्वाचनको कारण एमालेको केन्द्रीय निर्वाचन विभागले जिल्ला अधिवेशनलाई उपनिर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको जानकारी दिए । उपनिर्वाचनको लागि एमालेले आन्तरिक गृहकार्य सुरु गरिसकेको प्रदेश अध्यक्ष जैशीले जानकारी दिए ।

अघिल्लो प्रदेश सभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा पराजित भएका थिए । कांग्रेस माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सम्मिलित सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहसँग ओखेडा पराजित भएका थिए ।

अघिल्लो हारलाई शक्तिमा बदल्न एमाले लागिपरेको हो । एमालेभित्र पुनः अफिलाल ओखेडाको नाम चर्चामा छ । संविधान सभा सदस्यसमेत भइसकेका ओखेडा एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

ओखेडासँगै एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीको नाम पनि चर्चामा रहेको प्रदेश अध्यक्ष जैशी बताउँछन् ।

फेरि जित पोल्टामा पार्न माओवादीलाई फकाउँदै कांग्रेस
अर्कोतिर सत्तारुढ गठबन्धनभित्र पनि आन्तरिक तयारी सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पकड क्षेत्रको लिँदै पुनः जित सुनिश्चित गर्ने रणनीतिमा लागेको छ । कांग्रेसभित्र हाल दुई जनाको नाम चर्चामा छ । कांग्रेसका एक थरी नेता निधन भएका पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई अगाडि सार्नुपर्ने पक्षमा छन् । अर्कोथरी नेताहरु कांग्रेसको महासमिति सदस्य जगत प्रसाद जोशीलाई अगाडि सार्नुपर्ने पक्षमा देखिएका छन् ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहले स्वर्गीय सिंह वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भइ निर्वाचित भएकाले पुनः गठबन्धनकै आधारमा उम्मेदवार तय गर्नुपर्ने बताउँछन् ।

कांग्रेसले माओवादीलाई विश्वासमा लिएर आफ्नै पोल्टामा जित पार्न प्रयास गरिरहेको बताइन्छ ।

अस्तित्वको लडाइँमा माओवादी
सत्तारुढ घटक माओवादी केन्द्रभित्र पछिल्लो समय गठबन्धन गरेर चुनावमा जाने वा एकल रुपमा जानेबारे बहस छेडिएको छ । अघिल्लो दुई पटकको आमनिर्वाचनदेखि कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा भोगेको पराजयपछि माओवादीभित्र कांग्रेससँगको गठबन्धन फलदायी नभएको भन्दै बहस चलिरहेको हो ।

यसैबिच इलाममा एकल रुपमा निर्वाचनमा लड्ने आवाज उठिरहेको बेला बझाङमा पनि एकल रुपमा जानुपर्ने भन्दै माओवादीका एकथरी नेताहरु लागेका छन् ।

२०७४ को आमनिर्वाचनमा एमालेसँगको गठबन्धन हुँदा एमालेका अर्जुनबहादुर थापाले टिकट पाए । थापा प्रदेशसभाको सभामुख पनि भए । अघिल्लो निर्वाचन २०७९ मा कांग्रेससँग माओवादीले गठबन्धन गर्दा कांग्रेसका पृथ्वीबहादुर सिंहले टिकट पाउँदा माओवादीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।

माओवादी केन्द्रबाट उपनिर्वाचनमा आकांक्षी देखिएका संविधानसभा सदस्य तथा माओवादी केन्द्र सुदूरपश्चिम सचिव जनक बुढा भन्छन्, ‘दुई पटक निर्वाचन भइसक्यो । तर हाम्रा मान्छेले हाम्रो चुनाव चिह्नमा तथा उम्मेदवारलाई भोट हाल्नै पाएका छैनन् । हाम्रोमा भोट हाल्नै भुलिसकेका छन् । अझै पनि यस्तै हुने हो भने बझाङमा पार्टी विघटन गरे फरक पर्नेवाला छैन ।’

पार्टीको अस्तित्वको लागि पनि अब एकल रुपमा चुनावमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

माओवादीको जस्तै आन्तरिक विवाद र बहस एकीकृत समाजवादीमा पनि देखिएको छ । पार्टीको अस्तित्व जोगाउने वा अरुलाई बोकेर जाने भन्ने बहस एकीकृत समाजवादीभित्र देखिएको छ । तर आन्तरिक दबाबका बिच पनि गठबन्धन जारी रहेकाले गठबन्धनकै साझा उम्मेदवार बनाउनुपर्ने समाजवादीका सुदूरपश्चिम अध्यक्ष हर्क बहादुर सिंहको भनाइ छ ।

उपनिर्वाचनमा समाजवादीका केन्द्रीय सदस्य एवं बझाङ इन्चार्ज दिलबहादुर सिंहले पनि उम्मेदवारीको आकांक्षा व्यक्त गर्दै आएका छन् ।राताेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय