युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । कैलालीको लम्की नगरपालिकामा निर्माणाधीन मोहनलाल नगर उद्यान अलपत्र परेको छ । करोडौँ रुपैयाँ लगानी भएको सो नगर उद्यान अलपत्र परेको हो ।

नगरपालिकाको वडा नंं २ र ५ स्थित मोहनलाल सामुदायिक वनमा नगरपालिकाले २०७५ तिर नगर उद्यान निर्माण थालेको थियो । नगरकै गौरवको योजनाका रुपमा लिइएको सो उद्यान संघीय सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण प्रक्रिया अघि बढाइएको थियो, जसका लागि ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।

वातावरणीय प्रभाव मूल्या्कन नै नगरी नगरपालिकाले सामुदायिक वनको सुरक्षा तथा उद्यान निर्माणका लागि भन्दै सामुदायिक वनको ६ किलोमिटरसम्म पर्खालले घेरबार र ४ वटा गेट निर्माण गरेको छ । जसका लागि नगरपालिकाले हालसम्म २ करोड ५२ लाख खर्च गरेको छ । तर सो पर्खाल ठाउँ–ठाउँमा चर्किएको छ भने तारजाली र फलामे डण्डीमा खिया लागेको छ ।

चार वर्ष अगाडि नै महालेखा परीक्षकको प्रतिवेदनले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नबनाएको परामर्शदाता कम्पनीलाई नगरपालिकाले नौ लाख रुपैयाँ भुक्तानी गरेको औँल्याएको थियो ।

कानुनी प्रक्रिया पूरा नगरी काम थालेपछि वनले सो कार्य अघि बढाउन नदिँदा योजना अलपत्र परेको छ भने हालसम्म गरिएको लगानी बालुवामा पानी झैँ भएको हो ।

नगरको गौरवको योजना रहेकाले नगरवासीको जीविकोपार्जनसँग जोड्दै निर्माण प्रक्रिया बढाउनुपर्ने स्थानीयको जोड छ । स्थानीय देवानन्द जैशीले उद्यान निर्माण भए आन्तरिक र बाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे । उद्यानको उद्देश्य र लक्ष्य अनुसार यसको काम तत्काल अगाडि बढाउनुपर्ने जैशीको भनाइ छ ।

‘नगरपालिकाको लापरबाहीले जनताले दुःख पाए’

तत्कालीन समयमा उद्यान निर्माण योजना आर्थिक चलखेलको कोपभाजनमा परेको समेत बताइएको छ ।

मोहनलाल सामुदायिक वनका अध्यक्ष बखत बहादुर बिष्टले भने, ‘ठुलो बजेट भएकाले यसमा कसैकसैमा लोभ पलायो । क्षेत्राधिकार, रेखदेख हाम्रो छ भने हामीले निर्माण गर्न पाउनुपर्छ भन्दा सुनुवाइ भएन । पछि विकासमा हामीले हस्तक्षेप गरेनौँ । तर नगरपालिकाको लापरबाही र बेवास्ताले यसको कानुनी प्रक्रिया पूरा नहुँदा हामी जनताले दुःख पाउँदै छौँ ।’

निर्माणको विषयमा पूर्व मेयर महादेव बजगाई र हालका मेयर सुशिला शाहीसँग पटक–पटक छलफल गर्दा पनि निचोडमा पुग्न नसकेको उनको गुनासो छ ।

उद्यान निर्माण गर्दा करिब ५५ वटा रुख काट्नु पर्नेछ । वनभित्र पर्यटनको आकर्षण बढाउन पोखरी निर्माणलगायत संरचना बनाउनुपर्ने थियो । तर अझै वनले रुख काट्ने अनुमति नदिँदा निर्माणको कार्य अगाडि नबढेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकी मेयर सुशिला शाहीले उद्यानको निर्माण अघिल्लो जनप्रतिनिधिको समयमा सुरु भएको बताइन् । उद्यान निर्माणको क्रममा रुख काट्ने स्वीकृति नपाएको बताउँदै उनले वातावरणीय प्रभाव मूल्याङ्कनको लागि बजेट निकासा भएको बताइन् । तर अब निर्माणको लागि वनसँगको परामर्शमा रहेको उनको भनाइ छ ।

मेयर शाहीले भनिन्, ‘ईआईए नगरी तपाईहरु कसरी काम गर्नुहुन्छ ? कटानको काम कसरी गर्नुहुन्छ भनेर वनले हामीलाई त्यो अधिकार दिएको छैन । यो नगरको गौरवको योजना भएकाले हामीले बनाउनुपर्छ भनेर लागेका छौँ । त्यसको लागि सर्वप्रथम कानुनी प्रक्रिया पूरा गर्नुपर्छ ।’राताेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय