कैलाली / कैलाली जिल्लाको धनगढीस्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेपछि रात्रिकालीन समयमा सुन्दर थालेकाे छ ।
बत्ती हिजो साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेर सडक सुन्दर देखिएकाे हाे ।
धनगढी उपमहानगरपालिकाले सडकको २६५ पोल र १४० त्रि गार्डमा स्ट्रिट लाइट जडान गर्न ३१ लाख रुपियाँ खर्चेकाे स्राेतले जनाएको छ ।
उपप्रमुख कन्दकला रानाका अनुसार “त्रिनगर भन्सार गेटमा तीन लाख रुपियाँ लागतमा फ्लड लाइट पनि जडान गरिएको छ, त्यस्तै, धनगढी विमानस्थलदेखि छ लेन सडकसम्म १० लाख रुपियाँ लागतमा सडक बत्ती जडान गरिएको छ, १० लाख रुपियाँ लगानीमा सडक बत्ती जडान गरिएको छ ।”











