कञ्चनपुरः कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ रामजानकी टोल स्थित सडक खण्डबाट लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
आइतबार साँझ ७७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावल रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा रावललाई मोटरसाईकल थान–१ र लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
त्यस्तै कञ्चनपुरकाे भीमदत्त नगरपालिका-६ सुकासालबाट १.७२ ग्राम लागूऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएकाे छ ।
कञ्चनपुर प्रहरीका अनुसार आईतवार दिउँसो पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जना रहेका छन् । उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाईकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।











