युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । स्थानीय सरकारले व्यवस्थापन गरेको कैलालीको एक गौशालामा राष्ट्रिय जनावर गाईको बिजोग देखिएको छ । गोदावरी नगरपालिका–९ भल्कामा रहेको गौशालामा चौपायाको बिजोग भएको हो ।

छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसाथ गोदावरी नगरपालिकाले गौशाला स्थापना गरेर त्यहाँ गाईगोरु व्यवस्थापन गरेको छ । तर गौशालामा राखिएका चौपाया भोकभोकै मरिरहेका छन् ।

राम्रो स्याहार र खाना नपाएर धेरै चौपाया मरिसकेको स्थानीयको भनाइ छ । वडा अध्यक्ष रामलाल रानाले खाना नपाउँदा चौपाया मरिरहेको बताउनुभयो । उहाँले वडामा बजेट नभएका कारण चौपायाका लागि पराल खरिद गर्न नसकेको उल्लेख गर्दै भन्नुभयो, “केही उपाय नलागेपछि मैले आफ्नो व्यक्तिगत पैसाले नुन, त्रिपाल लगायतको कुरा किनेर दिएको थिएँ ।”

एक चोटि सेहरी गाउँवासीले प्रतिघरबाट एकसय रुपियाँ सङ्कलन गरी चौपायाका लागि पराल खरिद गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले ६०–७० चौपाया गौशालामा थिए । धेरै मरेकाले अहिले थोरैमात्र बाँकी छन् । ती चौपायालाई खुला ठाउँमा चराउन तीन जना हेरालु राखिएको छ ।

हेरालुहरुले १२–१ बजेपछि मात्र गौशालाबाट छाडा चौपायालाई निकाल्ने गरेको स्थानीयको आरोप छ । व्यवस्थापनको नाममा खुला आकाशमुनि थुनेर राखिएको चौपाया जाडोको बेला धेरै मरेको देखिएको छ । गौशाला वरिपरि अत्यधिक मरेका चौपायाको सिनो र अस्थिपञ्जर रहेको छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय