युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीमा दादुरा-रूबेला खाेप अभियान यहीँ फागुन १३ गतेदेखि फागुन २० गतेसम्म जिल्लाका नाैँ वटै स्थानीयस्तरमा सञ्चालन हुनेभएको छ ।

स्वास्थ्य कार्यालय डाेटीले मंगलबार सञ्चारकर्मीसँग एक अन्तक्रिर्या एवं छलफल कार्यक्रमकाे आयाेजना गरी खाेप अभियान सञ्चालन हुने सम्बन्धी जानकारी गराएकाे हाे ।

“पूर्ण खाेप लगाओै बालबालिकाहरूलाई राेगहरूबाट सुरक्षित बनाओैँ ” भन्ने मुल नाराकासाथ जिल्लाका ९ वटै स्थानीय तहमा ३७८ जनशक्ति परिचालन तथा खाेप केन्द्र स्थापना गरिएकाे स्वास्थ्य कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

नाैँ वटै स्थानीयतहकाे हकमा सबैभन्दा बढी शिखर नगरपालिकामा ६७ जनशक्ति परिचालन तथा खाेप केन्द्र स्थापना गरिएकाे छन् भने सबै भन्दा कम ३१ जनशक्ति परिचालन तथा खाेप केन्द्र स्थापना केआईसिह गाउँपालिकामा रहेकाे छ । त्यस्तै ७ सय ५३ स्वयंसेवक पनि परिचालन गरिएका छन् ।

माथिल्लो निकायकाे खाेप लगाउने लक्ष्य अनुसार जिल्लामा लक्ष्यित बालबालिकाकाे संख्या २० हजार १ सय ९१ रहेकाे भएपनि जिल्लाभरी दादुरा- रूबेला विरूद्व खाेप लगाउने बालबालिका १८ हजार २ सय ९५ मात्रै रहेकाे स्वास्थ्यकाे प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य कार्यालय डाेटीका प्रमुख रमेश मलासीका अनुसार डाेटीमा ९ महिनादेखि ५ वर्ष मुनीकालाई अभियानभर खाेप लगाइने बताउनु भयाे । प्रमुख मलासीले भन्नुभयाे,” जिल्लागत दादुरा महामारीको अवस्था गत आर्थिक वर्ष २०७९/०८० मा सुदुरपश्चिमका कैलाली, कञ्चनपुर र हिमाली जिल्ला बाजुरामा देखा परेकाे थियाे ।, डाेटीमा निरन्तर खाेप सञ्चालन भैरहेकाे भएपनि दादुरा खाेप अभियान र जिल्लामा दादुरा निवारण गर्ने उद्देश्यले खाेप अभियान सञ्चालन गरेकाे बताउनु भयाे ।” विविध कारणले खाेपकाे पहुँचभन्दा टाढा रहेका तथा लक्ष्यित समूहका बालबालिकालाई प्रचारप्रसारकाे माध्यमबाट खाेप केन्द्रमा ल्याउन सबैले सहयोग गर्नु पर्ने प्रमुख मलासीले बताउनु भएकाे छ । साथै लक्ष्यित समुहका बालबालिकालाई खाेप कार्ड पनि दिइने भएकाे छ ।

दादुरा- रूबेला निवारणका लागि नेपाल सरकारले सन् २०२६ सम्म प्रतिवद्वता गरेकाे छ ।

खाेप अभियान सञ्चालन कुन पालिकामा कहिलेसम्म

१ बाेगढान फुड्सिल गाउँपालिका १३ गतेदेखि १९ गतेसम्म
२ सायल गाउँपालिका १३ गतेदेखि १९ गतेसम्म
३ बडीकेदार गाउँपालिका १३ गतेदेखि १८ गतेसम्म
४ जाेरायल गाउँपालिका १३ गतेदेखि १८ गतेसम्म
५ दिपायल सिलगढी नगरपालिका १३ गतेदेखि २० गतेसम्म
६ पूर्वीचाैकी गाउँपालिका १३ गतेदेखि १७ गतेसम्म
७ आदर्श गाउँपालिका १३ गतेदेखि १९ गतेसम्म
८ के. आई. सिंह गाउँपालिका १३ गतेदेखि १८ गतेसम्म
९ शिखर नगरपालिका १३ गतेदेखि १७ गतेसम्म

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय