सिलगढी । आज देशमा माओवादीले जितेका कतिपय स्थातहले आफ्नै मनमर्जी ढंगले सार्वजनिक बिदा दिईएकाे छ ।
सर्वोच्च अदालतको आदेश विपरित माओवादी केन्द्रले जितेका स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिएकाे विभिन्न सञ्चार माध्यमले खबर छापेका छन् । कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।
कर्णाली प्रदेशकाे कालिकोट, हुम्ला, सल्यान, बाग्मती प्रदेशका सिन्धुपाल्चोक, काभ्रे लगायत जिल्लाका केही स्थानीय तहले फागुन १ गतेको ‘‘जनयुद्ध दिवस’मा बिदा दिएका छन् । माओवादीले जितेका स्थानीयतहमा मनमर्जी ढंगले सर्वाेच्चकाे आदेश विपरित गरी आज सार्वजनिक बिदा दिइदा सामाजिक सञ्जालमा चाैतर्फी आलाेचना भैरहेकाे छ ।











