डडेलधुरा : सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै डडेल्धुरामा आइतबार दिउँसो एक जनालाई मोसो र चप्पलको माला लगाइएको छ ।
डडेल्धुरा प्रहरीका अनुसार मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवा समूहले जिल्लाकाे आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई चप्पलकाे माला र कालाे मोसो दलेको छ ।
सामाजिक सञ्जालमा बाहिरीएकाे भिडियोमा हेर्न, सुन्न र अनुमान गर्न सकिन्छ, बाइकाे चाबी थुतेर मोसो दल्नेहरूले भन्का छन् ” भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन, दलालहरूलाई यस्तै हुन्छ, कारबाही हुन्छ, सबै कुराहरू, अबदेखि यस्तो नगर्ने, अनावश्यक फाेन पनि नगर्ने” भन्दै बाइककाे चाबी दिएकाे हेर्न सकिन्छ । पिडितले मोसो दल्नेलाई आफूले नचिनेको जानकारी दिएको बताए।
पीडित महर सम्पर्कमा आएको र अज्ञात व्यक्तिहरूले एक्कासि आएर मोसो दलेकाे डडेलधुरा प्रहरी स्राेतले जनाएको छ ।











