युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी,माघ २६ डोटी
केदार ज्योती पुञ्ज बहुमुखी क्याम्पस बिपीनगरमा अध्ययनरत बिद्यार्थिहरुलाई स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको छ ।
स्ववियुले शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रथम वर्षमा अध्ययनरत र दोस्रो वर्षमा प्रवेश गरी नयाँ अध्ययनरत विद्यार्थि हरुलाई स्वागत गरेको स्वतन्त्र विद्यार्थी युनियन केदार ज्योती पुञ्ज बहुमुखी क्याम्पसकी उप सभापति यमुना कलेलले बताइन ।
बिद्यार्थि हरुमा एक अर्काका बिचमा आत्मीयताको भावना भई, एकले अर्कालाई कदर गर्न सिक्नुका साथै नयाँ ज्ञान आर्जनमा सहजता होस भन्ने हेतुले बिद्यार्थिहरुलाई स्वागत गरिएको कार्यक्रमकी सभापति एवं स्ववियु उप सभापति कलेलले बताइन ।
क्याम्पसको समग्र पक्षको विकासमा सबैको सहयोग आवश्यक रहेको स्वागत कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस सञ्चालन समितिका अध्यक्ष डबल बहादुर बोहराले बताए । बिपी नगरमा रहेको क्याम्पस डोटी र कैलालीको साझा क्याम्पसको रूपमा विकास गरिने समेत बताए ।
क्याम्पस प्राङ्गणमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख दीपक राज भण्डारीले बिद्यार्थिहरुको गहना भनेको नै अनुशासन हो त्यसैले सबै बिद्यार्थिहरु अनुशासित हुनु हुनुका साथै क्याम्पस प्रशासनको नीति नियमलाई पूर्ण पालना गर्न बिद्यार्थिहरु तयार रहनुपर्ने समेत बताए ।
हाल क्याम्पसमा डोटीको बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र कैलालीको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाबाट करिब तिन सयको हाराहारीमा बिद्यार्थिहरु अध्ययनरत रहेको समेत क्याम्पस प्रमुख भण्डारीले बताए ।
स्वागत कार्यक्रममा क्याम्पस सञ्चालन समितिका पदाधिकारी, स्थानीय, क्याम्पसका प्राध्यापक र बिद्यार्थिहरुको सहभागिता रहेको थियो । क्याम्पसले नयाँ विद्यार्थी र प्राध्यापक आउँदा स्वागत र जाँदा बिदाई कार्यक्रम विगतका वर्ष देखि गर्दै आइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय