धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका-१८ मा मोटरसाईकल ठेलामा ठोक्किदा चालकको मृत्यु भएको छ।
बिहीवार साँझ “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल एक्कासी ठोक्कि दुर्घटना हुँदा मोटरसाईकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हाे ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











