डाेटी /डोटीको आदर्श गाउँपालिका २ मा भालुकाे आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
शनिबार दिउँसो आक्रमणमा परी घाइते हुनेमा साेही ठाउँ कुचेडाका शेर बहादुर बोहराकी श्रीमती २४ वर्षीय देउसरा बाेहरा रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ । आक्रमणबाट बाेहराकाे बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरी निरीक्षक सिताराम विष्टले बताएका छन् ।
उनलाई आदर्श गाउँपालिकाको मौवा स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको विष्टले बताएका छन् ।
बाेहरालाई आज घर नजिकैको वनमा घाँस काट्न गएको बेला करिब पौने चार बजेको समयमा भालुले आक्रमण गरेकाे हाे ।











