मनमाेहन ठकुल्ला, डाेटी / डाेटी जिल्लाकाे सायल गाउँपालिका वडा नम्बर ४ भाल्मा स्थित कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
आज सनिवार बिहान साढे ८ बजेकाे समयमा जिप दुर्घटनामा परी घाइते हुनेमा साेही ठाउँ भल्मा बस्ने ३९ वर्षीय मिन बहादुर बोगटी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
घाइते चालक बाेगटीकाे दाहिने खुट्टाको घुँडा,छाती र टाउकोमा चोट लागेकाे प्रहरी निरीक्षक सिताराम बिष्टले बताएका छन् । घाइतेलाई उपचारको लागि सायल गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पताल डोटी ल्याइएको छ । चालक बाेगटीकाे अबस्था मध्यम रहेकाे प्रहरी निरीक्षक बिष्टले बताएका छन् ।
भाल्मादेखि सिलगढी तर्फ आइरहेकाे सु.प्र. ०१००१ ज ३९९ नम्बरको बाेलेरो जिप अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।
जिप सडकबाट २५ मिटर तल खसेकाे छ । जिपमा सवार चालक मात्र रहेको प्रहरी बिष्टले बताएका छन् ।











