कैलाली / कैलालीको धनगढीमा किर्ते सहकारी छाप दस्तखत मुद्दामा मुछिएका दुई फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
शुक्रवार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ पर्नेमा बझाङको छब्बिसपाथिभेरा गाउँपालिका-६ बस्ने २२ वर्षीय बिकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे ।
किर्ते सहकारी छाप दस्तखत मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८० असार १७ गते ६ महिना कैद सजाय र ११ हजार जरिवाना तोकिई फैसला सुनाएपछि दुबै जना फरार रहेका थिए।











