मनमाेहन ठकुल्ला, डाेटी / डाेटीमा ट्रक र जिप (फाेर्स गाडी) एकआपसमा ठाेक्किएका छन् ।
आज (बिहीबार) साढे २ बजेतिरकाे समयमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ उडितोलामा
धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ना ६ ख २२४८ नं. को ट्रक र बिपरित दिशाबाट आईरहेको से १ ज १०४९ नं. को फोर्स गाडी एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उक्त सवारी दुर्घटनामा जिपको अगाडी पट्टीको साईड लाईट र बडीमा क्षती भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले बताएका छन् । दुर्घटना हुँदा मानवीय क्षति नभएकाे भएपनि बाटो अवरोध भएकाे हुँदा खुलाउने प्रयास भैरहेकाे बिष्टले बताएका छन् ।
प्रहरीका अनुसार ट्रकका चालक बैतडीकाे पाटन नगरपालिका वडा नं. १० बस्ने ४१ वर्षीय हर्क बहादुर कुवँर हुन भने जिप चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ बस्ने ४२ वर्षीय परी दत्त अवस्थी रहेका छन् ।











