बैतडी/ बैतडीकाे पाटन नगरपालिका–५ मा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
मंगलवार (हिजो) दिउँसो बँदेलकाे आक्रमणमा परी घाइते हुनेमा धनचुलीकी ७० वर्षीय दुरा जोशी रहेकाे साेही वडा कार्यालयले जनाएको छ ।
उनी बाख्रा चराउन घर नजिकै बारीमा गएकी थिइन् । साेही समयमा जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको आफन्त स्राेतले जनाएको छ ।
घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।











