बैतडी/ बैतडीकाे पुर्चौडी नगरपालिका–६ मा करेन्ट लागेर एक जना घाइते भएका छन्।
आज (बुधवार) बिहान करिब १० बजेतिर करेन्ट लागेर घाइते हुनेमा साेही ठाउँका ५० वर्षीय शैलेन्द्र धानुक रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनलाई सुर्नया गाउँपालिका –८ दोरा टोलमा विद्युतको लाइन तान्ने क्रममा बिजुलीको पोलमा विद्युत प्रवाह भएर करेन्ट लागेको प्रहरीले जनाएको छ । पोलमा चढेर लाइन खिचिरहेका धानुकको दाहिने हातमा करेन्ट लागेर जमिनमा बजारिएर घाइते भएका थिए। धानुकलाई उपचारका लागि डडेल्धुरा ल्याइएकाे जनाएको छ ।











