सिलगढी / डोटीमा जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्णसहित दिपायल सिलगढी नगरपालिका विजयी भएकाे छ ।
दिपायल सिलगढी नगरपालिकाले २२ स्वर्ण, ७ रजत र २ कास्य गरी ३१ पदक सहित विजयी भइ रनिङ शिल्ड् हात पारेकाे हाे ।
त्यस्तै १० स्वर्ण, १३ रजत र ८ कांस्यसहित ३१ पदक हात पारेर जोरायल गाउँपालिकाले द्वितीय भएकाे छ भने ८ स्वर्ण, ६ रजत र एक कांस्यसहित १५ पदक कमाइ आदर्श गाउँपालिका तृतीय हाँसिल ओगट्न सफल भएकाे छ ।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय खेलाडी टिमलाई उल्लासपूर्ण ढंगले ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै प्रतियोगितामा सहभागी खेलाडी टिम शिखर नगरपालिका २२ पदक, बडीकेदार गाउँपालिका २१ पदक, सायल गाउँपालिकाका ८ पदक, बोगटान फुड्सिल गाउँपालिका ५ पदक, के.आइ.सिंह गाउँपालिका ३ र पूर्वीचौकी गाउँपालिकाले २ पदक मात्रै जित्न सफल भएका छन् ।
उक्त प्रतियोगिता दिपायल दिल्पेश्वर मठ खेलमैदानमा आइतबारदेखि मंगलबारसम्म सञ्चालन भएकाे थियाे ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कतारे खेलाईएकाे थियाे ।











