मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीकाे एक विद्यालयकाे छात्रबासमा आगलागी भएकाे छ । आज (मंगलबार) बिहान सवा १० बजेको समयमा जिल्लाकाे जाेरायल गाउँपालिका वडा नम्बर ०५ नवकोट गड्सेरा स्थित श्री नवदय माध्यमिक विद्यालयकाे छात्रबासमा विद्युतकाे तरा सर्ट भइ आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
ढुङ्गा, माटोले बनेको जस्तापाताले छाएको २ तले ६ कोठे उक्त विद्यालयका प्रधानाध्यापक हर्क बहादुर राना बस्ने छात्रबासको कोठाभित्र आगलागी हुंदा कोठा भित्र रहेका किताव, लत्ताकपडा, भाँडाकुँडा जली क्षति भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले बताएका छन् ।
उक्त आगलागीबाट नगद ४० हजार गरी जम्मा १ लाख ५ हजार बराबरको क्षति भएको तर मानबिय क्षति भने नभएको बिष्टले बताएका छन् ।











