युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ, । दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने देउरास्थित झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् । 

हिउँदको समयमा दुई वटै पालिकाले सेती नदीमा काठेपुल निर्माण गर्दै आएका छन् । वर्षाको समयमा भने पानीको बहाव बढ्ने र निर्माण गरेको अस्थायी काठेपुल बगेर जाने भएकाले सर्वसाधारणलाई नदी वारपार गर्न कठिन हुने गरेको छ । देवभूमि कन्स्ट्रक्सन अमरगढीले एक करोड ५० लाख रुपियाँमा सो पुल बनाउने जिम्मा पाएको थियो तर सो पुल बनाउने काम सुरु हुन सकेको छैन् । 

झोलुङ्गे पुलको शिलान्यास लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गर्नुभएको थियो । हिउँदमा काठेपुलमा समेत भारी बोकेर वारपार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । त्यस क्षेत्रको मुख्य बजार देउरा रहेकाले पनि छिमेकी जिल्ला डोटी र थलारा गाउँपालिकाका नागरिकले समेत पुल नहुँदा दुःख र सास्ती खेप्दै आएका छन् । 

पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि केदारस्युँ गाउँपालिकामा रहेको बेताल माविमा पढिरहेका विभिन्न गाउँका ९० भन्दा बढी बालबालिकालाई आउन जान कठिन भएको छ । विद्यार्थी जोखिम मोलेर सेती नदीको काठेपुलबाट ओहोरदोहोर गर्ने गरेको थलारा गाउँपालिका–१ का बासिन्दा लालबहादुर बोहराले बताउनुभयो । 

बर्सातमा सेती नदीमा पानीको सतह बढ्नेबित्तिकै थलारा र केदारस्युँका बालबालिकालाई स्कुल जान कठिन हुने उहाँको भनाइ छ । पुल नहुँदा उपभोग्य सामग्री किन्न, बिरामीलाई स्वास्थ्य चौकीमा लैजान पनि कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पद्मराज उपाध्यायले पुलका विषयमा पटक पटक ठेकेदारसँग समन्वय गरेर काम छिटो गर्न अनुरोध गर्दा पनि सफल नभएको बताउनुभयो । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय