मनमाेहन ठकुल्ला, डाेटी,
डोटी/ डोटीकाे दिपायल सिलगढी नगरपालिकामा बाैलाहा कुकुरले एकै दिन दश जनालाई टाेकेकाे छ ।
आज (आइतबार) साेही नगरपालिकाकाे वडा नम्बर ४,५ र ६ का गरी जम्मा १० जनालाई टाेकेकाे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएकाे छ । कुकुरले टोकेका सबै जनालाई रेबिजको सुई लगाई सामान्य अवस्थामा घर फर्काइएको छ ।
प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार उक्त बाैलाहा कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, भेटेरिनरी अस्पताल र स्थानीयको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइसकेको छ ।
कुकुरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीमा बुझाइएको प्रहरी निरीक्षक बिष्टले बताएका छन् ।











