बझाङ / बझाङ जिल्लाको मष्टा गाउँपालिका–७ तल्ला ठकुन्नामा आगलागी हुँदा एक भैंसीसहित दुई गोठ जलेर ध्वस्त भएका छन् ।
हिजाे (शनिबार) राति १० बजेको समयमा ठकुन्ना गाउँ आसपास रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा आगलागी भएको स्थानीय स्राेतले जनाएको छ ।
उक्त आगलागीलाई तत्काल नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडाले जनाएकाे छ । आगलागीबाट करिब डेढ लाख भन्दाबढी क्षति भएको अनुमान गरिएको छ।











