बझाङ /बझाङकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ३भिडमुनी भन्ने स्थानमा माेटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
आज (शनिबार ) साँझ ५ बजे लु.११ प.६४९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते हुनेमा साेही नगरपालिका ३ पडेस बस्ने मोटरसाइकल चालक २३ बर्षिया सुशिल खड्का र मोटरसाइकल पछाडि सबार २६ बर्षिया किशोर खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेकाे शरीर, टाउकोमा चोट लागेको छ ।मोटरसाइक चालक खड्काको जयपृथ्बी अस्पताल चैनपुरमा उपचार भैरहेको र अबस्था सामान्य रहेको छ ।
त्यस्तै मोटरसाइकलमा पछाडि सवार किशोर खड्काको अबस्था गम्भिर भएकाले सामान्य उपचार पश्चात थप उपचारका लागि धनगढी रिफर गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सदरमुकाममु चैनपुर बजारबाट पडेस तर्फ गईरहेको मोटरसाइकल एक्कासी अनियन्त्रित भएर १ सय ५० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।











