कैलाली / कैलाली जिल्लाको भजनी नगरपालिका-४ मा लडेर एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझ साेही ठाउँका ६० वर्षीया प्रमा डगौराको मृत्यु भएको हाे । घर नजिकै लडेर गम्भिर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु कैलाली प्रहरी स्राेतले जनाएको छ ।











