कञ्चनपुरः कञ्चनपुर भीमदत्त नगरपालिका-३ तिलकपुर स्थित एक घरमा आगलागी भएको छ। बुधबार साेही ठाउँ पार्वती टमटाको दुई कोठे कच्ची घरमा बिजुलीको तार सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उक्त आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ता कपडा, मोबाइल लगायतका सामान जलेर नष्ट भएको प्रहरीकाे भनाइ छ । आगामीलाई स्थानीय र प्रहरीद्वारा नियन्त्रणमा लिएकाे हाे । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











