सिलगढी /सम विकास केन्द्र (इडिसी ) नेपाल केन्द्रीय कार्यसमिति डाेटीले जिल्ला स्तरीय परिचयात्मक तथा चियापान कार्यक्रम गरिएकाे छ ।
पुस महिनाकाे २७ गते संस्थाकाे साधारणसभाबाट केशव परियारकाे अध्यक्षतामा ९ जनाकाे कार्यसमिति गठन भएपछि जिल्लाका सराेकारवाला व्यक्तिहरूसँग परिचयात्मक तथा चियापान कार्यक्रम गरेकाे संस्थाले जानकारी दिएकाे छ ।
“समतामूलक समाजकाे निर्माण, हाम्रो अभियान” भन्ने मुल नाराका साथ आज साेमबार दिपायल सिलगढी नगरपालिकाकाे हलमा एक ओैपचारीक कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
वि.स २०५३ सालमा संस्था स्थापना भइ समतामूलक समाज निर्माण तथा शैलेश्वरी आन्दोलन जस्ता थुप्रै कार्यहरू गर्दै आएकाे कार्यसमिति सदस्य याेगेश मल्लले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहका अनुसार संस्थाले आगामी दिनहरूमा कुनै पनि काम गर्दै गर्दा समन्वय तथा सरसल्लाह गरेर अगाडि बढ्दा कार्यक्रमहरू प्रभावकारी हुँदै जाने बताए ।
सम विकास केन्द्र डाेटीका अध्यक्ष केशब परियारका अनुसार
हिजाे आइतबारबाट पदभारग्रहण गरिसकेपछि अबकाे मुख्य याेजना गरिवलाई लक्षित गरि कार्यक्रम अगाडि बढाउने बताए ।
विगतकाे जस्तै अब पनि स्थानीय सरकारसँग नजिक भएर शुशासन क्षेत्रलाई बढी जाेड दिई जनताकाे गुनासाे सुनेर अगाडि बढ्ने परियारले बताए ।











