युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रामहरी ओझा 
डोटी । आइतबार करिब साढे ९ बजे डोटीको सिलगढीबाट धनगढीका लागि हिँडेको बा ५ ख ८३४८ नं. को माइक्रो बस ९हाईस० झण्डै एक घण्टा दिपायलमा रोकियो । ११ बजे दिपायलबाट गुड्न लाग्दा यात्रुहरुले ‘अब यतै खाना खाएर जाउँ’ भन्ने प्रस्ताव राखे । चालकले कुलपाते र राजपुरबाट पनि यात्रुहरु राख्नुपर्ने भन्दै दिपायलमा खाना खाने प्रस्ताव अस्वीकार गरे ।

‘हामीले दिपायलबाट ११ बजे हिँडिसक्नु पर्छ, नत्र यसपछि आउने गाडीले झगडा गर्छ’, चालक राजुले भने, ‘फेरि कुलपाते र राजपुरबाट पनि यात्रु राख्नु पर्छ । हामी बाटोमै खाउला नि खाना ।’

यात्रुहरुले सहमति जनाए, हाइस अगाडि बढ्यो । बाटोमा यात्रुहरुले खाना कता खाने भनेर सोध्दै गए, चालक कुनै जवाफ नदिइ गाडी गुडाइरहे । दिउँसो १।३० बजे स्याउले भन्दा करिब ३ किलोमिटर पर तडीबाटा भन्ने ठाउँमा रहेको एउटा मात्र होटेल ९महेश्वरी होटेल० भएको ठाउँमा गाडी रोकियो ।

सो हाइस पुग्नु अघि नै त्यहाँ धनगढीदेखि बझाङ्ग जाँदै गरेको एक बस रोकिएको थियो । भिडभाड थियो । खाना खान बसेका यात्रुहरु भात पाए दाल नपाउने, दाल पाए तरकारी नपाउने अवस्था थियो । एक बस र एक हाइसका यात्रुहरु खाइरहेकै बेला एक अर्को बस आइपुग्यो । यात्रुहरुले पहिल्लै पैसा तिरेर ९कुपन लिएर० खाना खान बस्नु पर्ने होटलमा कतिपय यात्रुहरु थप खाना नपाएरै उठ्न बाध्य भए ।

‘यिनीहरुले जहिले पनि यस्तै गर्छन्, एउटा मात्रै होटल भएको ठाउँमा रोक्छन्’, दिपायल सिलगढी नगरपालिका–१ का सुवास खड्का भन्छन्, ‘भोक लागेको हुन्छ खाना खानै पर्ने तर भरी पेट कहिल्यै खान पाइँदैन ।’

उनले होटल र गाडीवालाको मिलेमोतो रहेको बताए । दुई तीन होटल भएको ठाउँमा रोकेको भए यात्रुहरुले छानेर खान पाउने उनको भनाइ थियो ।

सार्वजनिक यातायातमा चढ्नु सजाय भोगेजस्तै भएको बताउँछन् आदर्श गाउँपालिका–२ का भोजराज ओझा । ‘यिनिहरु ९गाडीवाला० ले भनेअनुसार दुई जनाको सिटमा तीन जना बस्नुपर्ने, यिनीहरुले भनेको ठाउँमा खाना खानु पर्ने, केही सामान किन्नु परे यिनीहरुले भनेको ठाउँबाट मात्रै किन्नु पर्ने’, भोजराज भन्छन् ‘विरोध गर्यो भने उल्टो थर्काउँछन् ।’ एक जना, दुई जनाले मात्रै विरोध गर्दा कुट्ला जस्तो गर्ने गरेको उनको भनाइ छ । उनी थप्छन्, ‘सबै यात्रुहरुले एक स्वरमा विरोध गरे त सुधार हुन्थ्यो कि १’

सार्वजनिक यातायातहरुले यात्रुहरुप्रति निरंकुश व्यवहार गर्ने गरेको बताउँछिन् अछाम साँफेबगर नगरपालिकाकी गायत्री भट्ट । ‘यो त अटोक्य्राट भयो, यात्रुहरुले यिनिहरुको आदेशानुसार मात्रै चल्नुपर्ने हो र रु’ उनी भन्छिन्, ‘यिनीहरुको मन लागेको समयमा, मन लागेको ठाउँमा हामीलाई आधा पेट खाना खुवाउँछन्, अनि आफु हामीले खाएको भातमा पनि होटेलवालासंग कमिसन माग्छन् ।’

उनले सहजपुरमा फलफूल किन्नका लागि आग्रह गर्दा समेत गाडी नरोकेको तर खानीडाँडामा आधा घण्टा गाडी रोकेको आरोप लगाईन् ।

दिपायल सिलगढी नगरपालिका–९ का धर्म साउँदको भोगाई पनि उस्तै छ । दिउँसो १र२ बजेसम्म पनि यात्रुहरुलाई भोकभोकै राख्ने गरेको उनी बताउँछन् । ‘जति ढिलो भएपनि खाना खाएको कमिसन आउने ठाउँमै पुर्याउँछन्’, साउँदले भने, ‘यात्रुहरु भरी पेट खाउन कि आधा पेट खाउन केही भएन, गाडी स्टाफहरु मिठो मसिनो खान्छन् र कमिसन समेत लैजान्छ ।’

पहाडी रुटमा चल्ने सार्वजनिक यातायातमा खपी नसक्नु दुःख हुने गरेको बताउँछन् बाजुरा बुढीगंगा नगरपालिकाका मोहन जैशी । उनले भने, ‘सीट क्षमताभन्दा बढी यात्रु हाल्नु र ट्राफिक प्रहरीलाई कमिसन खुवाउनु यिनीहरुका लागि सामान्य जस्तै भइसक्यो ।’

खाना त राम्रो ठाउँमा खुवाई दिएको भएपनि चित्त बुझाउनु हुने उनको भनाइ छ । यति धैरे विरोध हुँदा पनि सम्वन्धित निकाय कानमा तेल हालेर सुतेको जैशीको आरोप छ ।

पत्रकार नारद नेपालीको पनि यस्तै धारणा छ । ‘गाडी धनीका गोजीका जस्ता ट्राफिक प्रहरीले जति भने पनि टेर्दैनन्’, नारद भन्छन्, ‘यात्रुलाई दालको नाममा के को हो भन्ने पहिचानै हुन नसक्ने झोल खुवाउँछन् ।’

पहाडबाट तराई यात्राका क्रममा गाडी स्टाफ, ट्राफिक र होटेल व्यवसायीहरुले गर्ने हर्कतको विषयमा सम्बन्धित निकायले गम्भीर हुनु जरुरी रहेको उनको भनाइ छ । नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय