मनमाेहन ठकुल्ला डाेटी
डाेटीमा आगामी फागुन महिनामा नि: शुल्क शल्यक्रिया शिविर सञ्चालन हुनेभएको छ । नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी र दिपायल सिलगढी नगरपालिका तथा जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा आगामी फागुन ६ गते देखि १० गतेसम्म शिविर सञ्चालन हुने भएकाे हाे । शुक्रबार स्वास्थ्य कार्यालय डाेटीमा सराेकारवालासँग एक ओैपचारीक कार्यक्रमकाे आयाेजना गरी उक्त ५ दिने शिविर सञ्चालन हुने आयाेजकले जानकारी गाराएकाे हाे ।
उक्त नि:शुल्क स्वास्थ्य शिविरमा नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटी काठमाडौंका वरिष्ठ हाडजोर्नी विषशज्ञ डाक्टरहरू द्वारा सदरमुकाम अवस्थित जिल्ला अस्पताल डाेटीमा आयाेजना गरी बिहान १० बजेदेखि २ बजेसम्म मात्र सेवा दिइने भएकाे छ । त्यस्तै नामदर्ता फागुन ६ गते देखि ९ गतेसम्म मात्र गरिने आयाेजकले जानकारी दिएकाे छ ।
शिविरमा खुट्टाकाे पैताला फर्किएका, जन्मजात हात खुट्टा बाँङ्गिएका, हात या खुट्टा विकृति जन्य समस्याहरू, हात खुट्टा भाँच्चिएका, अथवा भाँचिएर बाँङ्गिएर जाेडिएका, भाँचिएकाेमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्नु परेमा, हातमा आगाेले पाेलेकाे, हात खुट्टामा भएका गाँठा-गुठीहरू निकाल्ने लगायतका सेवा दिइने नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटीले जानकारी दिएकाे छ ।
नेपाल अर्थाेपेडिक अस्पताल जाेरपाटीका डाइरेक्टर डा. कैलाश भण्डारीका अनुसार विगतदेखि दुर्गम जिल्लाहरूमा सेवा दिदै आइरहेको र १५ वर्षपछि डाेटीमा नि: शुल्क शिविर सञ्चालन गर्न फर्किएकाे बताउनु भएकाे छ । पाँचदिने शिविर सञ्चालन अवधिभर आवश्यकता अनुसार निशुल्क ओैषधी वितरण र १२ सय देखि १५ सय ओपिडिसेवा दिइने डा. भण्डारीले बताउनु भएकाे छ । त्यस्तै पाँच दिनमा ५० देखि ७० सम्म शल्यक्रिया सेवा गर्ने लक्ष्य बाेकेकाे बताए ।











