युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

गणेश मौनी ,डोटीको बडीकेदार गाउँपालिको पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना बैठक बिहीबार खड्यौलीमा सम्पन्न भएको छ ।
बैठकमा बडीकेदार गाउँपालिकाको पोषणको अवस्था, रिपोटीङ विधि, चुनौती, पोषणको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सकिने उपायहरू र आगामी योजनाको बारेमा छलफल गरिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खडक धामीले बताए ।
छलफल कार्यक्रममा बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले भने पालिकामा विगतका वर्ष भन्दा पछिल्ला वर्षहरूमा पोषणको क्षेत्रमा केही सुधार भएको तथ्याङ्क देखिन्छ तर पनि अझ यसलाई बढी सुधार गर्न सबैको पहल आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बडीकेदार गाउँपालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । उनले भने पालिकाको पोषणको अवस्था तथ्याङ्कमा हेर्दा एक प्रकारको छ तर फिल्डमा वास्तविक अवस्था कस्तो छ सबैले ध्यान जान आवश्यक रहेको बताए । स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाह गर्दा केही समस्या आए समयमै समन्वय गर्न आग्रह गरे । स्वास्थ्य क्षेत्रमा देखिने समस्या समाधानका लागि आफू तयार रहेको समेत अध्यक्ष साउँदले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका पोषण फोकल पर्सन सुरज खड्काले डोटी जिल्लाका सबै पालिकाको आधारमा जिल्ला स्तरमा बडीकेदार गाउँपालिकाको पोषणको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए । भने बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धामीले बडीकेदार गाउँपालिकाको पोषणको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि, पालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय