बाजुरा/ बाजुरामा एक उपाध्यक्षको निधन भएकाे छ । जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको उक्त गाउँपालिका स्राेतले जनाएको छ ।
उनकाे आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए। उपाध्यक्ष जाेशी लामो समयदेखि बिरामी रहेकी थिइन् ।











