कैलाली / कैलालीकाे घोडाघोडी नगरपालिका–८ मा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा साेही ठाउँ सुखडकी १९ वर्षीया राधा थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । थापाकाे मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हाे ।
रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।











