मनमाेहन ठकुल्ला, डाेटी
बैतडीकाे पाटन नगरपालिका वडा नम्बर ५ कद्वारकि एक महिलाले आफ्नाे श्रीमान् खाेजि गर्दिन आग्रह गरेकी छन् ।
अस्थायी रूपमा हाल कैलालीकाे गेटा बसाेबास गर्दै आएकी पूजा चन्दले करिव ३५ वर्षीय श्रीमान् दिपक चन्द भारतकाे पञ्जाबमा काम गर्ने क्रममा २/३ वर्ष देखि सम्पर्क विहीन भएकाले खाेजिकार्यकाे लागि सहयाेग मागेकी हुन् ।
लक्ष्मीकाले भावुक हुँदै भिडियो मार्फत भनेकी छन् भाडामा बसी आफू मजदुरी गरेर एउटा छाेरीलाई पाल्दै गरेकाे बताएकी छन् । आफ्नाे श्रीमान् जहाँ जस्ताे अबस्थामा भएपनि खाेज्नदिन सामाजिक सञ्जाल मार्फत सहयाेग मागेकी छन् ।
लक्ष्मीकाे माइतीघर डाेटी जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर ६ हाे । तर माइतीघरमा एक्लै बुवाआमा, दाजुभाइ काेहि पनि नभएकाले उनले रूदै भनेकी छन् ” मेराे श्रीमान् लाई छिट्टै खाेजेर घर पुर्याइ दिन आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा बाहिरीएकाे भिडियोमा बेस्सरी रूदै लक्ष्मीले भनेकी छन् ” मलाई चिन्ने जतिले सहयाेग गरिदिन अनुरोध गर्दछु ।”
भिडियो











