मनमोहन ठकुल्ला, डोटी /डोटीको केआईसिँह गाँउपालिका वडा नं. १ मा बदेलको आक्रममा परि घाईए भएका एक महिला एक पुरुष मध्ये महिलाको मृत्यु भएको छ ।
आज मंगलवार विहान बदेलको आक्रमणमा परि केआईसिँह गाँउपालिका वडा नम्बर १ बसीना अन्दाजी ३५ वर्षीय जगुली देवी भुल र सोहीँ ठाउ बस्ने ७२ वर्षीय पुरुष भगी भुल घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । उनीहरुलाई उपचार लागी जिल्ला अस्पताल डोटी पुराउने क्रममा जगुदेवी भुलको बाटोमा नै मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर निराजन श्रेष्ठले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सिताराम बिष्टका अनुसार जगुली देवी भुलको टाउको, दुबै खुट्टामा चोट लागेको थियो भने भगी भुलको टाउकोमा सामान्य चोट लागेको बताएका थिए ।
उनीहरू आज (मंगलबार) बिहान ९ बजेको समयमा घर नजिकै खेतमा घाँस काट्ने क्रममा जंगली जनावर बदेलले आक्रमण गरी घाइते बनाएको हो ।











