बझाङ / बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका –९ मा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । घाईते हुनेमा साेही ठाउँ लामेकी ४५ वर्षीया गौमती देवी धामी रहेकाे स्थानीय स्राेतले जनाएको छ ।
शुक्रबार लामेभिर जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते धामीको टाउँको र हात खुट्टामा चोट देखिएको छ । धामी साँझसम्म घर नआएपछि आफन्तले जोखी कार्य गर्दा भिरबाट खसेर घाइते अस्थामा फेला पारेको स्थानीय स्राेतबाट बुछिएकाे छ।
घाईते धामीलाई स्थानिय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् थप उपचारको लागि जिल्ला अस्पताल ल्याएको भएपनि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।











