युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला,सिलगढी / डाेटीमा चर्काे बैंक ब्याजदर लघुवित्त र सहकारीहरूले गरेकाे आतंक विरूद्वमा विरोध प्रदर्शन गरिएकाे छ ।

बिहीबार सुदुरपश्चिमकाे पुरानाे क्षेत्रीय सदरमुकाम दिपायल बजारमा आम भेला गरी नेपाल कम्युनिस्ट पार्टी उत्तर जिल्ला कमिटी डाेटीले विराेध प्रदर्शन गरेकाे हाे ।

पहिले लघुवित्त तथा सहकारीले आपत विपत पर्दा ऋण दिने आश्वासन दिएर बचत गराएकाे रूपैयाँ पछिल्लो समयमा फिर्ता नदिएकाे प्रदर्शनमा सहभागी महिलाहरूकाे दुखेसो छ । लघुवित्त तथा सहकारीले बचत रूपैयाँ खाएपछि घरपरिवारमा श्रीमान् श्रीमतीले आत्महत्या गर्नु परेकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की लक्ष्मी वादीले बताइन् । देशमा आर्थिक मन्दी छाएकाे बेला कानकाे मुन्द्रा समेत बेचेर ऋण तिर्नु परेकाे उनले बताइन् । वर्तमान समयमा आइपुग्दा लघुवित्त तथम सहकारीले ‘घर न घाट’ काे बनाइ घरपरिवारमा बच्चाहरूले तड्किनु परेकाे वादीले बताएकी छन् ।

उनले कार्यक्रममा बाेल्दै भनिन् ” सर्वसाधारणका बालबालिकाले शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताकाे पहुँच भन्दा टाढा हुनु परेकाे छ ।” उनले थपिन “५० हजार मात्रै ऋण निकालेकाे थिए, वर्तमान समयमा आइपुग्दा मिटर व्याज हालेर २/३ लाखसम्म पुर्याएर भिरमा हुत्याएर झैँ ऋणमा फालेकाे छ ।”

अर्की कार्यक्रममा सहभागी महिला नाम नखाेल्ने सर्तमा भन्छिन् ” न हामीसँग जग्गा जमिन हरेकाे छ, याे वित्तीय संस्थाले गर्न खाेजेकाे के हाे ।” नउले पनि थपिन् ” तिनै तहकाे सरकारले महिलाकाे पीडा बुझ्न आवश्यक रहेकाे छ, तर सबैभन्दा नजिककाे स्थानीय सरकार अन्धाे छ देख्दैन् ।” उनले भनिन् चुनावकाे बेला जितेर हामीबाट सम्मान लिएकाे हाे र दिएका हाैँ तर हाम्राे दु:ख र पीडा कसैले बुझेकाे झैन् ।”

देशभर मिटर व्याजीका विरूद्व प्रदर्शन जारी भएसँगै डाेटीका पनि अबबाट निरन्तर प्रदर्शन जारी रहने पार्टीले जानकारी दिएकाे छ । आजदेखिकाे निरन्तर संघर्षले लघुवित्त र मिटर व्याजी विरूद्वकाे संघर्षलाई निष्कर्षमा पुर्‍याउने जिल्ला सचिव माेहन सीले बताए । सीले भने ” मिटर व्याजीकाे पीडा हामी बुछ्छाैँ, र सम्बन्धित सराेकारवालाले सहयाेग गरे छिट्टै याे समस्या समाधान हुन्छ र गर्न पनि पर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय