कञ्चनपुरः मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरमा एक वडा अध्यक्षकाे मृत्यु भएकाे छ । बुधबार राती जिल्लाकाे भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष महेन्द्र खड्काको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।











