सिलगढी / सुदूरपश्चिम प्रदेश सरकारले भोली (बिहीबार ) प्रदेशभरि सार्वजनिक बिदा दिने भएकाे छ । प्रदेश सरकारले भुवा पर्वको अवसर पारेर पुस २६ गते प्रदेशका ९ वटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने जानकारी दिएको छ । पहाडी जिल्ला बाजुरा, बझाङ, डाेटी लगायतका जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय सुदुरपश्चिम तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, डाेटेली बझाङ्गीहरूले तराईमा पनि भुवा पर्व मनाउन थालेका छन् । सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ ।











