कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका-१३ मा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ।
मंगलबार साेही ठाउँ एकता टोल स्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट भएर साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त आगलागी बाट फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान गरी ६ लाख बराबरको क्षति भएकाे प्रहरी स्राेतले जनाएको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएकाे हाे ।
घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।











